मंगलबार, भाद्र २३ गते २०८३
images

विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

एक्सप्रेस पाना
आषाढ २९, २०८२ आइतबार
  • 238
    SHARES
  • विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

    काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आइतबार बाँडफाँड गरेको हो ।

    images

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको हो ।  २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ । 

    बिक्री प्रबन्धक प्रभु लेक्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका थिए । 

    images

    कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

    आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

     

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # विकास हाइड्रोपावर