मंगलबार, भाद्र २३ गते २०८३
images

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह,२९ अंकले बढ्यो बजार

एक्सप्रेस पाना
आषाढ २९, २०८२ आइतबार
  • 376
    SHARES
  • मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह,२९ अंकले बढ्यो बजार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।

    images

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २९ अंकले बढेर २७६०.८० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बिहिबार ९ अर्ब ६८ करोडको कारोबार भएको बजारमा ११ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५८ कम्पनीको सेयर मुल्य बढेको छ भने ९० कम्पनीको सेयर मुल्य घटेको छ । 

    आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार