मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३५.०९ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 287
    SHARES
  • सोमबार ३५.०९ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ११ अर्ब ४१ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब १७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५० कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ ।

    आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ । यस दिन माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार