काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २१.७६ अकंले बढेर २८९२.७२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएको बजारमा सोमबार १६ अर्ब ३२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १५३ खकम्पनीको सेयर मुल्य बढेको छ भने ९६ कम्पनीको सेयर मुल्य घटेको छ ।
सोमबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । आज थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।


