मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा 'करेक्सन',२६ अर्ब ५७ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 536
    SHARES
  • आइतबार सेयर बजारमा 'करेक्सन',२६ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    केहि दिनदेखी लगातार बढेको बजारमा आइतबार करेक्सन आएको हो । आज बजार १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार १८ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज २६ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ६३ कम्पनीको सेयर मुल्य बढेको छ भने १८६ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार