मंगलबार, भाद्र २३ गते २०८३
images

सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण १२, २०८२ सोमबार
  • 502
    SHARES
  • सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएको बजारमा सोमबार १९ अर्ब ३६ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १५६ कम्पनीको सेयर मुल्य घटेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार