काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ सोमबार १९ अर्ब ३६ करोडको कारोबार भएको बजारमा मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज कम्पनीको सेयर मुल्य बढेको छ भने कम्पनीको सेयर मुल्य घटेको छ ।
आज चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । मंगलबार मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।


