काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ६३.७३ अंकले घटेर २८५८.९० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै आइतबार कारोबार रकम पनि घटेको छ । बिहिबार १५ अर्ब ९८ करोडको कारोबार भएको बजारमा आज १३ अर्ब ७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १६ कम्पनीको सेयर मुल्य बढेको छ भने २३३ कम्पनीको सेयर मुल्य घटेको छ । आज ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।


