मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 320
    SHARES
  • दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    images

    कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ देखि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०÷१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    images

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयरयर बाट समेत आवेदन दिन सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # दरमखोला हाईड्रो