मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार दोहोरो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २०, २०८२ मंगलबार
  • 436
    SHARES
  • मंगलबार दोहोरो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ४१.७८ अंकले घटेर बजार २८३३.५७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार १० अर्ब ७ करोडको कारोबार भएको बजारमा मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४६ कम्पनीको सेयर मुल्य बढेको छ भने २०४ कम्पनीको सेयर घटेको छ । त्यसैगरी आज समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से