सोमबार, कार्तिक १७ गते २०८३
images
images

बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
श्रावण २०, २०८२ मंगलबार
  • 322
    SHARES
  • बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    images

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् । 

    नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ।

    images

    मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्।

    मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

  • सम्बन्धित विषय:

  • # इन्द्रबहादुर बानियाँ