सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

एक्सप्रेस पाना
श्रावण २१, २०८२ बुधबार
  • 212
    SHARES
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । 

    images

    बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ । 

    आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    images

    यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ ।