मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १८.३० अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २२, २०८२ बिहीबार
  • 403
    SHARES
  • बिहिबार १८.३० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ७ अर्ब ६३ करोडको कारोबार भएको बजारमा बिहिबार ८ अर्ब ५३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८७ कम्पनीको सेयर मुल्य बढेको छ भने ६२ कम्पनीको सेयर मुल्य घटेको छ । 

    बिहिबार सिकलेस हाइड्रोपावर लिमिटेड र बरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिकलेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १०४.९७ रुपैयाँले बढेर प्रतिकित्ता ११७५.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार