सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
श्रावण २३, २०८२ शुक्रबार
  • 238
    SHARES
  • भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कुटनीतिक छलफल भएको जानकारी दिएका छन् । 

    images

    शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदे उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्का कुटनीतिक छलफल भएको बताएका हुन् ।

    उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । 

    images

    उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’