सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

एक्सप्रेस पाना
श्रावण २३, २०८२ शुक्रबार
  • 240
    SHARES
  • नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

    काठमाडौं । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुकाकेहीभागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ ।

    images

    पुलमा लचकपनदेखिनु, नटबोल्ट खुकुलो हुनु र पाताहल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो । खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थितश्री कालीसिद्धी गणबाट खटिएको नेपालीसेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ ।

    पुलको नियमितअनुगमनका क्रममा देखिएको समस्या समाधानगर्न मर्मत प्रक्रिया थालिएको जनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएकाथुप्रै नट–बोल्टहरू लुजभएका छन् । लुज भएका नट–बोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ । 

    images

    ‘पुलमाकुनै क्षतिनभएको भएपनि समय समयमामर्मत आवश्यक पर्छ सोहीअनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा कामगर्दैआएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको कामभइरहेको छ’, उनले भने । 

    गतवर्षको असोज १२ गते सुनकोशीनदीमाआएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्तबेलीब्रीज  राखिएको हो ।गतकात्तिक ६ गतेदेखि  सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।नेपाली सेनाले आपतकालीनअवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो ।

    खुर्कोट पुल रामेछाप र सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो । जसले पहाडी जिल्लाइ तराइ र राजधानी काठमाडौंसँग जोडेको छ ।

     

  • सम्बन्धित विषय:

  • # खुर्कोट बेलीब्रीज