काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि सोमबार कारोबार रकम भने बढेको छ । बिहिबार ८ अर्ब ५३ करोडको कारोबार भएको बजारमा सोमबार १० अर्ब २१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३० कम्पनीको सेयर मुल्य बढेको छ भने २२० कम्पनीको सेयर मुल्य घटेको छ ।
आज सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.७३ अंकले घटेको छ । सोमबार रिभरफल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


