सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

एक्सप्रेस पाना
श्रावण २६, २०८२ सोमबार
  • 192
    SHARES
  • नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्षबाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ ।

    images

    प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक वृद्धिका लागि नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।

    नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण हस्तान्तरण गरे ।

    images

    मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसकालागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थपविस्तार र जमिन संरक्षण लगायतका काममा पनि चासो दिन आग्रह गरे ।