काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २६.२२ अंकले घटेर २७९६.२६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार १० अर्ब २१ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ९१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २४ कम्पनीको सेयर मुल्य बढेको छ भने २२५ कम्पनी सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन भएको छ ।


