मंगलबार, भाद्र २३ गते २०८३
images

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस नतिजा

एक्सप्रेस पाना
श्रावण २९, २०८२ बिहीबार
  • 303
    SHARES
  • दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस नतिजा

    काठमाडौं । दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाड भएको छ । 

    images

    मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । 

    कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । 

    images

    बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ