मंगलबार, भाद्र २३ गते २०८३
images

सागर डिष्टिलरीका आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
भाद्र १, २०८२ आइतबार
  • 208
    SHARES
  • सागर डिष्टिलरीका आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    images

    गत  साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

    कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख २० हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ ।   

    images

    गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । 

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले आम सर्वसाधारणमा शेयर जारी गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # सागर डिष्टिलरी