काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि आइतबार कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ७ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ९८ल कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनकिो सेयर मुल्य घटेको छ ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रिइस्योरेन्स लिमिटेड, नेपाल रिपब्लीक मिडिया, नेपाल इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।


