काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएको बजारमा सोमबार ६ अर्ब १७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १७५ कम्पनीको सेयर मुल्य बढेको छ भने ७४ कम्पनकिो सेयर मुल्य घटेको छ ।


