मंगलबार, भाद्र २३ गते २०८३
images

भदौ ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 293
    SHARES
  • भदौ ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

    काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।

    images

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा “मेरो शेयर“ मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

    यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ ।

    images

    कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो ।

  • सम्बन्धित विषय:

  • # बन्दिपुर केवलकार
  • # आईपीओ जारी