मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ९.२२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 290
    SHARES
  • बिहिबार ९.२२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब २० करोडको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब २ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १९७ कम्पनीको सेयर मुल्य घटेको छ । बिहिबार विकास जलविद्युत कम्पनी लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार