मंगलबार, भाद्र २३ गते २०८३
images

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
भाद्र १५, २०८२ आइतबार
  • 213
    SHARES
  • बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    images

    कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो । 

    लगानीकर्ताले आइतबार कार्यालय समयभित्रमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

    images

    यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको छ । जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।

    यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # बन्दिपुर केवलकार