काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १९.८९ अंकले घटेर २७४१.९७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब १० करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ४३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २२१ कम्पनीको सेयर मुल्य घटेको छ । आज हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


