काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ४ अर्ब ४३ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ७३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३९ कम्पनीको सेयर मुल्य बढेको छ भने २१३ कम्पनीको सेयर मुल्य घटेको छ ।


