मंगलबार, भाद्र २३ गते २०८३
images

बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 177
    SHARES
  • बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

    काठमाडौं । बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । 

    images

    कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेराशेयरमार्फत दिन सकिन्छ ।

    images

    यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । 

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो । कम्पनीलाई कुल २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्राप्त छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # बुङ्गल हाइड्रो पावर