मंगलबार, भाद्र २३ गते २०८३
images

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

एक्सप्रेस पाना
भाद्र २०, २०८२ शुक्रबार
  • 273
    SHARES
  • झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

    काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । 

    images

    कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।

    यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।

    images

    आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । जसले उच्च जोखिम संकेत गर्दछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

    यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # झापा इनर्जी