सोमबार, कार्तिक १७ गते २०८३
images
images

जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 301
    SHARES
  • जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा १४ जनाको मृत्यु भएको छ । 

    images

    काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १४ जना प्रदर्शनकारीको निधन भएको हो । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

    प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत तिन घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । 

    images

    उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । 

    त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

     

  • सम्बन्धित विषय:

  • # जेन–जी पुस्ता