काठमाडौं ।
कति आए दल, कति आए बल....
निहुरिए सदा नेपाली जनता ।
देश बनाउने उद्योग थमाइ ....
तीनका हात जो गर्थे खाली, कमाउने धन्दा । ।
देशलाई गरीब मात्र बनाउने ....
धनजति सबै आफै पोका हो पार्ने ।।
न्यायको आवाज सुन्न न–मनपराउने...
नव–राजा जो बने, नेता हो उनको नाम । ।
देशका भविष्य मार्ने यी हुतीहाराहरु ....
भो अब चाहिन्न , जाग है नेपाली सारा ।।
जुन दल–बल आए नि त्यागौँ.....
बनाऔँ देश शान्तिभूमि हामी ।।
मिली–जुली एक आवज बनी ...
शान्तिको भूमिमा नखेलाऔँ, गोलीको होली । ।
चाहिँदैन यो भो अब ! मात्र बोल्ने बोली...
नगरी कर्म देश बनाउने ।।
जागौँ न अब नेपाली ....
बनाऔँ देश शान्तिभूमि हामी ।।
कर्तब्य है छन, अब हातमै हाम्रो ....
चेतना जगाइः छान्न; नयाँ सत्–नायक हाम्रो ।।
अनाः नेवाः
सन्दर्भः (२०८२/०५/२३ मा देशमा भएको घटनाको विरोधका,
साथ दिवङ्गत आत्माहरुको,चिर–शान्तिको कामनामा समर्पित भावना । )

