सोमबार, कार्तिक १७ गते २०८३
images
images

६ बजेदेखि कफ्र्यू आदेश झन कडा

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 440
    SHARES
  • ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

    काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले बुधबार साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । 

    images

    पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।

    सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।  

    images

    नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन  समेत अपील गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कफ्र्यू