आइतबार, भाद्र २८ गते २०८३
images

परिर्वतन अनि निकास

एक्सप्रेस पाना
भाद्र २६, २०८२ बिहीबार
  • 407
    SHARES
  • परिर्वतन अनि निकास

    काठमाडौं । लगभग २४० बर्ष राजसंस्था (१०७ बर्ष राणा शासनकाल सहित) २०४६ को जनआन्दोलनसम्म आईपुग्दा नेपाली जनताहरुले सो समय पनि निकै दुखः व्यहारेको समय एकचोटी फेरी मनन गर्न जरुरी छ ।

    images

    नेपाली कांगे्रस र एमालेको नेतृत्वमा गरिएको प्रजातान्त्रिक आन्दोलनमा कयौं आम नेपाली जनताहरुको बलिदान पश्च्यात २०४६ को जनआन्दोलन सफल भएपछि स्वर्गिय सर्वोच्च नेता गणेशमान सिंहको अध्यक्षतामा कृष्ण प्रसाद भट्राईलाई नेपालको प्रथम अन्तरिम सरकारको प्रधानमन्त्री बनाईयो ।

    २०५२ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको बहुमतबाट गिरिजा प्रसाद कोईरालाको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन गरी एमाले र अन्य  विपक्षमा रहेर संविधान संसोधन गरेर चालाएको सरकार केहि महिना पछि नै बिघटन गर्न पुग्यो र बहुमत ल्याएको काँग्रेसको सरकार मध्यावधि निर्वाचनमा जानुपर्यो । 

    images

    मध्यावधि चुनाव पछि र हालसम्म पनि कुनै पनि पार्टिले पटक पटक निर्वाचन हुँदा बहुमत ल्याउन सकेन र मिलिजुलीबाट नै सरकार चलाएको अवगत नै छ । अत २०४६को लोकतन्त्र र २०६३ को गणतन्त्रको जनआन्दोलन पश्च्यात देशले परिवर्तन त पायो तर बिकासको निकास भने पाएन ।

    करिव ३६ बर्षको लामो समयमा जनता र देशले धेरै मार खप्नपर्यो । चाहे त्यो आर्थिक, मानसिक, शारिरीक वा सामाजिक नै किन नहोस्, जुनसुकै सरकार आएपनि जुन जोगी आए पनि कान चिरेको झै भयो ।

    यसै बीच २०८२ भाद्र २३ गते जेन जी नयाँ पुस्ताले सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचार विरोध, “नेपो बेबी” संस्कृति अन्त्य, बेरोजगारी र समान अवसर सुनिश्चितको माग गर्दै गरेको शान्तिपूर्ण प्रदर्शनमा एकाएक अवाञ्चित तरिकाले प्रहरीले बल प्रयोग गर्दा स्थिति तनावपूर्ण बन्यो।  प्रशासनले प्रहर्रीहरुलाई दिएको निर्देशन अनुसार गोली चलाउँदा ३० जना कलिला युवक युवतीहरुको आहुतीले दुइृ दिन भित्रनै गृहमन्त्री एवं प्रधानमन्त्री लागयत अन्य मन्त्रीहरुले राजिनामा नै दिनुपर्यो । 

    अत अहिले देश सरकार विहिन चलिरहेको छ जुन चिन्ताको विषय हो । किनकी बाह्य शक्तिहरुले यहि बेला मौका छोपी यो सार्वभौम, स्वाधिन र कसैको अधिनमा नरहेको हाम्रो राष्ट्रलाई आफ्नो निहित स्वार्थको लागि कव्जामा लिन सक्छ ।

    अत यस परिस्थितिलाई ध्यानमा राखि जति सक्दो चाडै नेपालको हालसम्म रहिआएको संबिधान मुताविक अन्तरिम सरकार गठन गरी अन्तरिम प्रधानमन्त्रीको नेतृत्वमा ६ देखि १ वर्ष भित्र निर्वाचन गरि नयां तरिकाले सरकार गठन गरी राष्ट्र र जनताको हक, हित र अधिकार सहित संसोधित संविधान बनाउन नितान्त जरुरी छ । त्यसकारण जेन जी नेतृत्व गरिरहनु भएका सम्पूर्ण व्यक्तिहरुले परिर्वन एवं निकासका लागि जति सक्दो चाडो निर्णय लिनहुन बिनम्र अनुरोध छ ।

    जय देश जय नेपाल