मंगलबार, भाद्र २३ गते २०८३
images

आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु

एक्सप्रेस पाना
भाद्र ३०, २०८२ सोमबार
  • 825
    SHARES
  • आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । 

    images

    कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।

    यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    images

    यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।

    आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गते बन्द हुनेछ । यस आईपीओका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ जारी गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # सागर डिष्टिलरी