मंगलबार, भाद्र २३ गते २०८३
images

एसवाई प्यानल लिमिटेडले स्थगित आईपीओ असोज ७ देखि निष्कासन गर्दै

एक्सप्रेस पाना
आश्विन १, २०८२ बुधबार
  • 278
    SHARES
  • एसवाई प्यानल लिमिटेडले स्थगित आईपीओ असोज ७ देखि निष्कासन गर्दै

    काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ ।

    images

    कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । 

    कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।

    images

    प्रथम चरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि पनि जारी गर्ने जनाएको छ । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले बहन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ