आइतबार, कार्तिक १६ गते २०८३
images
images

गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाईँदै

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 275
    SHARES
  • गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाईँदै

    काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदैछ ।

    images

    नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उलाई चिनिने गरिन्छ । 

    विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

    images

    वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

    उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय भूमिका खेलेका थिए ।

    उनको स्मृति नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गणेशमान सिंह