मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जीवन बीमक संघको नयाँ कार्यसमिति गठन,अध्यक्षमा प्रवीण रमण पराजुली

एक्सप्रेस पाना
आश्विन १०, २०८२ शुक्रबार
  • 242
    SHARES
  • जीवन बीमक संघको नयाँ कार्यसमिति गठन,अध्यक्षमा प्रवीण रमण पराजुली

    काठमाडौं । जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते (सेप्टेम्बर १४, २०२५) मा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरेको छ ।

    images

    सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । 

    संघको विधान अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल),  कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् । 

    images

    संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नु पर्ने प्रभावकारी भूमिकाहरुमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

    सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीति बारे छलफल गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # प्रवीण रमण पराजुली
  • # जीवन बीमक संघ