मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एकैदिन ७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन १९, २०८२ आइतबार
  • 360
    SHARES
  • एकैदिन ७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । आइतवार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

    यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।

    आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

    images