मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

एक्सप्रेस पाना
आश्विन २०, २०८२ सोमबार
  • 280
    SHARES
  • सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । 

    images

    सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेकोे छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ । 
    आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।