काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ४४.२५ अंकले बढेर २५४७.६० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ९७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २ सय कम्पनीको सेयर मुल्य बढेको छ भने ४४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


