सोमबार, भाद्र २९ गते २०८३
images

विश्वको १० शक्तिशाली पासपोर्टको सुचीबाट बाहिरियो अमेरिकी पासपोर्ट

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 231
    SHARES
  • विश्वको १० शक्तिशाली पासपोर्टको सुचीबाट बाहिरियो अमेरिकी पासपोर्ट

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली शीर्ष १० पासपोर्टहरूको सुचीबाट बाहिरीएको छ । 

    images

    हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार २० वर्षमा पहिलो पटक यस्तो भएको हो ।

    सन् २०१४ मा विश्वकै पहिलो स्थानमा रहेको अमेरिकाको पासपोर्ट अहिले १२औं स्थानमा झरेको हो। जुन मलेसियासँग बराबरीमा छ। अब अमेरिकाले १८० देशमा मात्र भिसा बिना प्रवेश गर्न सक्छ । 

    images

    त्यसैगरी सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ । 
    इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ८५औं स्थानमा पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # अमेरिकी पासपोर्ट