आइतबार, भाद्र २८ गते २०८३
images

वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

एक्सप्रेस पाना
आश्विन ३०, २०८२ बिहीबार
  • 213
    SHARES
  • वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

    काठमाडौं । वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ । 

    images

    वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी  महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउँदै व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गराएको पाइएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुँदै गरेको फेला पारेको थियो । 

    images

    सचेत नागरिकहरुका तर्फबाट लिएको उजुरीमाथि छानविन गर्दा पानी प्रशोधन केन्द्रमा रहेका चारवटै पोखरिमा माछा र परिसरभित्र बाख्रा पालन भइरहेको अख्तिायारका एक अधिकृतले जानकारी दिए ।

    उनले एशियाली विकास बैक र नेपाल सरकारको लागि फोहोर पानीलाई प्रशोधन गर्ने उद्देश्यले निर्माण भएको यस केन्द्रमा माछा तथा बाख्रा पालन गर्न नपाइने स्थानीयको भनाइ छ । 

    सरहबाट संकलन गरिएको फोहोर पानीलाई प्रशोधन गर्न निर्माण भएका चारवटै पोखरीमा विभिन्न जातका माछा पालिएका छन भने परिसर भित्र ठूलो संख्यामा बाख्रा पालिएको अख्तियारका अधिकारीको भनाइ रहेको छ ।

    माछा पालन गर्नकै लागि फोहोर पानीको प्रशोधनलाई बन्दगरिएको जस्तो देखिएको उनको भनाइ रहेको छ ।

    पानी प्रशोधन केन्द्रमा भएको माछा तथा बाख्रा पालनवारे आफुहरुलाई कुनै जानकारी नभएको महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले दावी गरे । केन्द्रको सुरक्षाका लागि २४ घण्टै कर्मचारी खटिएको स्वीकार गरेपनि बाख्रा र माछा पालन कसले गर्यो र कसले गरायो सोको जानकारी नभएको उनले बताए ।

    १० विघा क्षेत्रफलमा फैलिएकोे पानी प्रशोधन केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र महानगरपालिाको १२ करोड रुपैंयाँ लगानी भएको छ ।

    केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत रकम लागनीको छ ।

  • सम्बन्धित विषय:

  • # पानी प्रशोधन केन्द्र