काठमाडौं । लगातार दुई दिनदेखी आरालो लागेको सेयर बजार बिहिबार पनि घटेको छ ।
साताको अन्तिम कारोबार दिन आज बजार १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि बिहिबार कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ३ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २७ कारोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४५ कम्पनीको सेयर मुल्य बढेको छ भने १९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आउको छैन ।


