मंगलबार, भाद्र २३ गते २०८३
images

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

एक्सप्रेस पाना
कार्तिक ११, २०८२ मंगलबार
  • 132
    SHARES
  • एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।

    images

    यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ ।

    images

    आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यसको विक्रि प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेड ले वहन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # एसवाई प्यानल लिमिटेड