मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

एक्सप्रेस पाना
कार्तिक २०, २०८२ बिहीबार
  • 198
    SHARES
  • राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । 

    images

    पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

    वि.सं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।

    images

    हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गुरुप्रसाद पौडेल