मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ११.२१ अंकले घट्यो बजार,५ अर्ब ४१ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक २०, २०८२ बिहीबार
  • 269
    SHARES
  • बिहिबार ११.२१ अंकले घट्यो बजार,५ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ ।  

    images

    आज बजार ११.२१ अंकले घटेर २५९६.१२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि बिहिबार कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७७ कम्पनीको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।  

    आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

    यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

    आज कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से