सोमबार, भाद्र २९ गते २०८३
images

‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा,लाखौं घरपरिवार प्रभावित

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 220
    SHARES
  • ‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा,लाखौं घरपरिवार प्रभावित

    काठमाडौं । समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ । आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ ।

    images

    बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ ।

    आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ ।
    धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।

    images

    आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ । तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् । सोही आँधीका कारण  फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ ।(सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # कालमेगी