काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे पनि बिहिबार कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ३ अर्ब ८४ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ४९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२३ कम्पनीको सेयर मुल्य बढेको छ भने १२४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
बिहिबार माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको र रु रु जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।


