सोमबार, भाद्र २९ गते २०८३
images

शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश

एक्सप्रेस पाना
मंसिर १, २०८२ सोमबार
  • 323
    SHARES
  • शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश

    एजेन्सी । बंगलादेशको अदालतले ‘मानवता विरुद्धको अपराध’ को आरोपमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

    images

    हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

    अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश सुनाएको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो ।

    images

    गत वर्ष जुलाई–अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

  • सम्बन्धित विषय:

  • # शेख हसिना