मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १५.७० अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 332
    SHARES
  • मंगलबार १५.७० अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । 

    images

    आज बजार १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि सामान्य बढेको छ । सोमबार ३ अर्ब ९४ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब १० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २०७ कम्पनीको सेयर मुल्य बढेको छ भने ४४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से